मानवीय प्रवृत्ति

69
दशैंमा ठूलो जोखिम उत्पन्न हुने देखेर सरकारले नानाविधि चेतावनीयुक्त सन्देश दियो । त्यसको केही व्यक्तिमा प्रभाव नदेखिएको होइन, तर प्रायः मानिसले सरकारी चेतावनीको अवहेलना मात्र गरेनन्, भारतीय सामान खरीद गर्ने लोभ साँच्न नसकी निर्बाध सीमावर्ती भारतीय शहरहरूमा गएर सामान खरीद गरे । भारत सरकार पनि बाठो छ, सीमान्त प्रदेशका नेपालीहरूमा परम्परादेखि नै भारतीय बजारप्रति आकर्षण बुझेकोले दशैंको मौका पारी आप्mनो सीमा खुला गरिदियो । भारतीय सीमा खुला हुनुमा नेपालीहरूले भारतमा कोरोनाको प्रभाव घटेको अनुमान लगाए । त्यस अनुमानलाई बल दिन भारतीय प्रधानमन्त्रीले पनि एउटा तथ्याङ्क पस्किदिए । त्यो तथ्याङ्क थियो, भारतमा कोरोना सङ्क्रमणको दर घट्दै जानु । तथ्याङ्कको वास्तविकता जेहोस्, नेपालीहरूलाई उफ्रीउफ्री भारतीय बजार जान मनोवैज्ञानिक दबाब प¥यो । यस खुला गतिविधिको के असर पर्छ, त्यो भोलि थाहा हुन्छ । किनकि एक त चाडपर्वको बेला, दोस्रो मानिसको धर्मभिरुता, तेस्रो सस्तो भारतीय बजार खुल्नुजस्ता कुराले मानिसलाई सङ्क्रमणबारे सोच्ने फुर्सत् नै दिएन । फेरि नेपालीहरूको राम्रो काम गर्न खुम्चिने मनोबल, नचाहिंदो काम गर्न निम्ठो होइन, झुसी भएर उर्लन्छन् ।
समग्रमा दशैं शान्त, धेरै चहलपहल नगरी मनाइयो । सरकारको निरन्तर चेतावनी तथा नागरिकको सजगताले गर्दा आवागमनमा पनि बन्देज लागेजस्तै भयो । नजीक हुने मात्र आफन्तकहाँ पुगे । शुभकामना साटासाटको कार्यक्रम पनि यसपालि फितलो भयो । आपसमा थोरै मानिसको उपस्थितिमा दशैं मनाइयो । दशैंको बेला टोल–टोल र गली–गलीमा लाग्ने नवरात्रि पूजा, मूर्तिहरूको स्थापना हुँदै भएन भने हुन्छ । मूर्ति सर्जकहरूलाई आर्थिक हानि भयो होला, तर धेरै मानिस चन्दा दिन, ध्वनि प्रदूषणको सीमा नाघेर घन्किने डिजेको तनावबाट मुक्त भए । मूर्तिकारलाई जति हानि भयो, त्यसको तुलनामा आडम्बरयुक्त पूजाविधि हुन नसक्दा सामान्यजनलाई आर्थिक र पर्यावरणीय लाभ प्राप्त भयो । यसपालिको यो विवशतालाई देवी दुर्गाको कृपा ठानियो । कोरोना हराओस्, तर कोरोनाले सिकाएको यो पाठ प्रत्येक दुर्गापूजा मनाउनेले सिके भने समाजको निकै भलो हुने थियो ।
मूल कुरा हो, मानिसले स्वतन्त्र र स्वस्थ बाँच्न पाउनुपर्छ । स्वतन्त्रताको सम्बन्ध सरकारसँग छ भने स्वस्थताको सवाल नागरिकको आप्mनै सरोकार हो । नागरिक आपैंm स्वस्थ बाँच्न सक्नुपर्छ । हुनत आजको युगमा स्वास्थ्य सबैको सरोकारको विषय बनेको छ । शिक्ष्Fा, सञ्चारमाध्यम आदिले स्वास्थ्यका धेरै सवाल उठाइरहन्छन्, तिनको निराकरणका उपाय पनि प्रस्तुत भइरहेका हुन्छन् । सरकारले पनि भरमग्दुर प्रयास गरिरहेको हुन्छ । सरोकार हो नागरिकको । किनकि आप्mनो स्वास्थ्य राम्रो राख्ने वा नराम्रो पार्ने, नागरिक आपैंmले विचार गर्नुपर्छ । विष खाएपछि आफन्त, अस्पतालले जोगाउने प्रयास त गर्छन् नै, तर विष खाने–नखाने निर्णय गर्ने जिम्मा नागरिकको हो । कोरोना विष नै त हो । जसले भोगेको छ, उसलाई यसले दिने प्रताडनाको अनुभूति छ । तर नेपालीहरू त ‘आकाशको राहु, पातालको केतु, आपैंm नपरी कसरी चेतु’ भन्ने मनोविज्ञान लिएर जन्मेका हुन्छन् । यसर्थ बाँकी जिम्मेवारी नागरिक आपैंmको !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्