फल्स ट्याङ्की बनाएर अवैध कारोबार

0
7

प्रस, वीरगंज, ११ असोज/
वीरगंज–रक्सौल हुण्डीको रकम ओसारपोसार र सुनचाँदीको अवैध निकासीमा मोटरसाइकलमा फल्स ट्याङ्कीको प्रयोग भइरहेको प्रहरीले रहस्योद्घाटन गरेको छ ।
वीरगंज–रक्सौलमा हुण्डीको रकम र सुनचाँदीको ओसारपोसारमा संलग्न व्यक्तिहरू पछिल्लो चरण्मा व्यापकरूपमा समातिन थालेपछि तस्करहरूले मोटरसाइकलमा फल्स ट्याङ्की बनाएरअवैध कारोबार गरिरहेका छन् । वडा प्रहरी कार्यालय बिर्ताले कात्तिक ५ गते सो कुरा पत्ता लगाएको हो । बिआर०५एफ३२५२ र बिआर०५ए ५५६३ नम्बरका दुईवटा मोटरसाइकलमा फल्स ट्याङ्की बनाइ अवैध कारोबार भइरहेको देखिएको प्रहरी निरीक्षक राजेश राजपुरीले बताए ।
१६ लिटरको मोटरसाइकलको ट्याङ्कीमा दुई लिटर पेट्रोल रहने गरी बाँकी १४ लिटरमा नगद, सुनचाँदी राख्न मिल्ने गरी फल्स ट्याङ्की बनाएको फेला परेको पक्राउ परेका व्यक्तिको सूचनाको आधारमा वीरगंज–२ छपकैयास्थित बाबुलाल साह सोनारको घरमा छापामारी गर्दा सोनारका छोरा प्रदीप साह सोनार र शम्भु राउत पक्राउ परेका हुन् । छापामारीको क्रममा रु ५ लाख नगद र ३ किलो चाँदीका गरगहना फेला परेको थियो । कारोबारीहरूले फल्स ट्याङ्कीमा सुनचाँदी राखेर रक्सौल लैजाने र त्यहाँबाट नगद लिएर आउने गर्दै आएका थिए । पर्सा, बारामा यस्ता फल्स ट्याङ्की जडान गरेर धेरै मोटरसाइकल सञ्चालनमा रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्