सट्टाबाजी गरेको आरोपमा तीनजना पक्राउ

0
43

क्रिकेटको सट्टाबाजी गरेको अभियोगमा बारा जिल्लामा तीनजना पक्राउ परेका छन्। 

जिप्रका, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले कलैया उपमहानगर–१ राजदेवी टोलस्थित राजुकुमार यादवको घरमा क्रिकेटको सट्टाबाजी भएको सूचनाको आधारमा छापामारी गर्दा घरधनी यादवसहित दीपककुमार सर्राफ, रविदासलाई पक्राउ परेको बताए। उनीहरूबाट विभिन्न बैंकका चेक र नगद रु १ लाख ७७ हजार बरामद भएको उनले बताए। 

पक्राउ परेका तीनैजनालाई बारा जिल्ला अदालतमा पेश गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्