राहतबाट वञ्चित गरिएपछि गापा घेराउ

128


प्रस, पंचगावाँ, ६ कात्तिक/
    पटेर्वासुगौली गाउँपालिकाको कार्यालय घेराउ गरेका महिलाहरूसँग सहमति भएको छ।
    राहत वितरणमा विभेद भएको र गरीब, दलितलाई राहतबाट वञ्चित गरिएको भन्दै गापाका सयौं महिलाले कार्यालय घेराउ गरेका थिए। गापा अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो र दिव्य युवा क्लबका रामाकान्त पटेलले महिलाहरूलाई दोस्रो चरणको राहत वितरणमा सहभागी गराउने प्रतिबद्धता जाहेर गरेपछि सहमति भएको हो। दिव्य युवा क्लबले पटेर्वासुगौली गापाको पाँचवटै वडामा ६१७ जना गरीब, विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम छ। सो अनुरूप पहिलो चरणमा वडा नं २ र ३ मा चामल ६० किलो, पीठो १ बोरा, दाल १५ किलो, तेल १० लिटर, अन्डा १ क्यारेट, २५० एमएलको स्याम्पु दुईवटा, सर्फ २ किलो, लुगाधुने र नुहाउने साबुन १/१ दर्जन, चिनी २ किलो र आलु/प्याज ५/५ किलो वितरण गरिएको थियो।
    युके र एक्शन एडको सहयोगमा दिव्य युवा क्लबले सो गापामा दुई चरणमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ। पहिलो चरणमा परेका ६१७ जना सम्पन्न परिवारको भएको र दलित, विपन्न वञ्चित भएको भन्दै आज महिलाहरूले विरोध गरेका थिए।
    दिव्य युवा क्लबका रामाकान्त पटेलले गापाको सूची अनुसार प्रभु बैंकले बजार सञ्चालन गरेर तोकेबमोजिमका व्यक्तिलाई तोकेबमोजिमको सामान वितरण गर्ने प्रावधान रहेको बताए। उनले वितरणमा कुनै पनि प्रकारको भेदभाव नगरिएको दाबी गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्