रक्तसञ्चार केन्द्रमा रगतको अभाव

0
52

प्रस, वीरगंज, ६ कात्तिक/
रक्तसञ्चार केन्द्र वीरगंजमा चाडपर्वको समयमा रगतको अभाव हुन सक्ने सङ्केत देखा परेको छ।

केन्द्रका प्रमुख उदयराज शर्माले चाडपर्वमा रक्तदान गर्ने संस्थाहरूको सहभागिता पातलिने हुँदा रगतको अभाव हुन सक्ने बताए। अहिले केन्द्रमा तीन/चार दिनका लागि रगत सञ्चित रहेको उनले बताए। सबै समूहका १५० युनिट रगत सञ्चित रहेको र तीन–चार दिन पुग्ने प्रमुख शर्माले बताए।

कोरोना सङ्क्रमण कम भएसँगै पर्सा जिल्लामा अस्पतालहरू सञ्चालनमा आएपछि रगतको माग बढेको छ। अस्पताल खुलेसँगै सुत्केरी र शल्यक्रिया तथा मिर्गौला रोगीको लागि रगतको माग बढिरहेको उनले बताए। अहिले दैनिक ५० पिन्ट रगतको माग रहेको प्रमुख शर्माले बताए। कोरोना सङ्क्रमण बढेको र अस्पताल बन्द भएको बेला दैनिक १५ युनिट रगत खपत थियो। अहिले विशेषतः तीनवटा अस्पतालमा सञ्चालित डायलोसिसका बिरामीहरूका लागि दैनिक १५ युनिट रगत माग हुने गरेको प्रमुख शर्माले बताए। उनले अहिले मासिक प्लाज्मा र प्याकसेलको खपत १२५ पिन्ट भइरहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्