दलित परिवारलाई राहत वितरण

97

प्रस, वीरगंज, ६ कात्तिक/
परिवर्तनको लागि सहकार्य नेपालको आर्थिक सहयोगमा पिस फर दलित फाउन्डेशन नेपाल पर्साले सखुवाप्रसौनीका ५० जना दलितलाई खाद्यान्न सहयोग गरेको छ।

पिस फर दलित फाउन्डेशन नेपाल, पर्साका अध्यक्ष मनोज रामले लकडाउन र निषेधाज्ञाका कारण थुप्रै दलित बेरोजगार भएका र उनीहरूलाई खान समस्या भएकोले खाद्यान्न सहयोग गरेको बताए। ३० किलो चामल, १/१ किलो नून, दाल, १ लिटर तेल ५० जना परिवारलाई सहयोग गरेको अध्यक्ष रामले बताए।

गरीब, विपन्न, मजदूर परिवारलाई राहत वितरण गरेको र उनीहरू राहत पाएर खुशी भएको उनले बताए। मजदूर अशोक रामले अहिलेको समस्यामा रोजगारविहीन भएको र खान समस्या हुँदा राहत पाएको बताए। दलित महिला जगमतिया देवी, लीलावती देवीले दशैंको बेलामा राहत वितरण गरेर असल काम गरेको बताइन्। दैनिक खान समस्या भइरहेको बेला फाउन्डेशनको सहयोग अविस्मरणीय रहने उनले बताइन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाका सभापति जदुप्रसाद तेली, फाउन्डेशनका लीलावती देवी, उदम देवी, श्रीकान्ती देवी, संजोग महरा चमारलगायतले राहत वितरणमा सहयोग पु–याएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्