१९ जनामा कोरोना सङ्क्रमण

0
55

प्रस, वीरगंज, ५ कात्तिक/
    नारायणी अस्पतालको प्रयोगशालाले पर्सा, बारा र सर्लाहीका गरी थप १९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।
    जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले मङ्गलवार राति अस्पतालको प्रयोगशालाबाट सर्लाहीका १ जना, बाराका ७ जना र पर्साका ११ जना गरी १९ जना सङ्क्रमित पुष्टि भएको बुधवार जानकारी गराए। पर्साका ११ जनामा २ जना महिला र ९ जना पुरुष छन्। उनीहरूमध्ये एकजना जगरनाथपुर गाउँपालिकाका र बाँकी वीरगंजका विभिन्न वडाका हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्