पाँच दिने सस्तो बजार समापन

90


प्रस, जीतपुर, ५ कात्तिक/
    पाँच दिने जीतपुरमा लागेको सस्तो बजार बुधवार एक कार्यक्रमबीच समापन भएको छ। कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा कृष्ण पौडेलले बजारको समापन गरेका हुन्।
    उनले यस क्ष्Fेत्रको समग्र विकास, विस्तारको काममा स्थानीय व्यवसायीहरूको सक्रिय सभागिता तथा सहयोग हुनुपर्ने बताए। उनले दशैं बजारले यस भेगका बासिन्दा लाभान्वित भएको बताए।
    कार्यक्रममा घनश्याम गिरी, शिवजी साह सोनार, मोहन शर्मालगायतले मन्तव्य राखेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घ जीतपुरका अध्यक्ष सञ्जयकुमार साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्