पर्साको ग्रामीण भेगमा पनि दशैंको उमङ्ग देखिएन

0
61

प्रस, पंचगावाँ, ५ कात्तिक/
    यसपालिको दशैंले पर्साको ग्रामीण क्ष्Fेत्रमा खासै उमङ्ग ल्याएको छैन। प्रत्येक वर्ष दशैंको अवसरमा विभिन्न स्थानमा दुर्गापूजाको लागि पन्डाल बनाएर मूर्ति राखिने, मठमन्दिरमा पूजाअर्चना गर्ने र दशैंको मेला लाग्ने गथ्र्यो।
    यसपालि छिटपुटरूपमा दुर्गापूजाको लागि पन्डाल बनाएर मूर्ति राखिएको छ। पर्साको ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाबाट रोजगारका लागि बाहिरिएकाहरू लकडाउनमा घर फर्के पनि पुनः रोजगारको लागि बाहिरिएका छन्। यसअघि धेरैजसो मानिस दशैं, दीपावली र छठको अवसरमा बाहिरबाट घर आउने गर्थे तर अहिले कोरोना सङ्क्रमण र आर्थिक अभावले उनीहरूको आगमन हुन सकेको छैन। जसले गर्दा गाउँमा दशैंको रौनक छैन। दशैंको रौनक नभएपनि दीपावली र छठमा घर फर्कने उनीहरूको सम्भावना पनि क्षीण छ। जहाँ रोजगार गर्छन्, त्यहाँ पनि आर्थिक समस्या भएकोले घर फर्केर पर्व उत्साहका साथ मनाउन आर्थिक भार वहन गर्ने अवस्था पनि नभएको उनीहरूका अभिभावकले बताएका छन्। पटेर्वासुगौली गापा–१ का कन्हैया यादवले यसपटक दशैंमा आउन नसकेको र दीपावली, छठमा पनि आउने सम्भावना कम भएको बताए। लत्ताकपडा, खाद्यान्न खरीद गर्ने समस्या आफ्नै ठाउँमा छ। बैंकको ऋणसमेत तिर्न नसकेको उनले बताए।
    धोबिनी गापा–२ का सन्तोष पटेलले लामो समय लकडाउन, निषेधाज्ञाले आर्थिक समस्या बढेको हुँदा पर्व मनाउने सामथ्र्य जुट्न नसकेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्