कोरोनाले खाँदैछ

0
40

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले धेरैलाई खाँदैछ। कोरोनाले लाखौंको ज्यान लिएकोतर्फ मात्रै सबैको ध्यान गइरहेको छ, तर यसले प्रत्यक्ष्Fरूपमा अन्य धेरै क्षेत्रलाई पनि सिध्याउँदै छ। विश्वका कैंयन ठूला उद्योगपति सडकमा आइपुगेका छन्। जहाँ ‘नो वर्क नो पे’ लागू छैन, तर स्थायी कामदार धेरै छन् भने त्यस्ता कम्पनी ठूलो क्षतिमा छन्। लकडाउनको बेला उद्योग चलाउन नपाइने, उद्यFेग चलेको बेला बजारमा लैजान नपाउने अवस्था रह्यो। आम्दानी खस्कँदो तर पारिश्रमिक भुक्तानी भने दिनुपर्दा राम्रा–राम्रा उद्योगहरू पनि डगमगाएका छन्। यो क्रममा रोजगार गुमाएका दैनिक ज्यालादारी श्रमिक, मजदूर तथा कर्मचारीहरूको अवस्था झन् दयनीय छ। कोरोनाको कारण अभाव तथा अप्ठ्यारा झेल्नुपर्दा कैंयनले आत्महत्यासमेत गरेका छन् भने भोकभोकै मर्नेहरूको सङ्ख्या पनि कम छैन। यसर्थ कोरोना पोजेटिभ देखिएर मृत्यु भएकाहरूलाई मात्रै कोरोनाबाट मृत्यु भएको ठान्नु सतही हुन्छ।
कोरोनाले विश्वका ठूलठूला राजनीतिज्ञहरूको राजनीतिक भविष्य नै खाइदिएको छ। पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबैभन्दा बढी कोरोनाको कारण विवादमा तानिएका छन्। मास्क लगाउने र नलगाउने सम्बन्धमा ट्रम्पको भनाइ तथा लकडाउन गर्ने या नगर्ने सम्बन्धमा उनको विचार विवादास्पद बन्यो। कोरोनाको औषधिबारे उनले गरेको दाबी झनै विवादास्पद रह्यो। हालै ट्रम्पले अमेरिकी विज्ञ तथा नागरिकले सम्मानका साथ हेर्ने गरेका व्यक्ति डा एन्थोनी फाउचीलाई “फाउची नै कोरोनाका प्रकोप हुन्, उनले जनतालाई तर्साउने काम गरिरहेका छन्,” भनेर टिप्पणी गरेपछि अमेरिकी नागरिकहरूले निकै आक्रोश व्यक्त गरेका छन्। विश्वको सबैभन्दा शक्तिसम्पन्न मुलुक मानिएको अमेरिकी राष्ट्रपति ट्रम्पको शाख कोरोनाको कारण यतिसम्म खस्क्यो कि ट्वीटर र फेसबूकले समेत उनको स्टाटसलाई अस्वीकार गर्न थालेको छ। यी सबै घटनाक्रमले नजीकिंदो अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका लागि नकारात्मक प्रचारथपिंदै छ। जसले उनको राजनीतिक यात्रा नै समाप्त गरि दिने हो कि भन्ने आकलन बढ्दो छ।
लोकप्रिय मानिएका बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्काको अलोकप्रियता कोरोनाकै कारण शुरू भएको हो। २४ वर्षदेखि सत्तामा रहेका लुकासेन्काले ८० प्रतिशतभन्दा बढी मत ल्याएको घोषणासँगै विपक्षीहरू आन्दोलनमा रहेको बेला ‘बेलारूस ट्याक्टरले कोरोनालाई खाइदिने र अल्को हल सेवनले कोरोना जित्न सक्ने’ जस्ता विवादास्पद अभिव्यक्ति दिन थालेपछि विरोधी आन्दोलनले ऊर्जा पायो। बेलारूसका धेरै स्थानबाट उनलाई जुत्ता उपहार आयो र त्यस विरोध अभियानमा उनका आफ्नै मतदाताहरू पनि सहभागी भए। त्यसैगरी, नेपालमा पनि कोरोना भाइरसले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई खाँदैछ। कोरोना सम्बन्धमा ओली सरकारले विभिन्न समयमा गर्दै आएका हरेक निर्णय विवादमा पर्ने र जनअसन्तुष्टि जाहेर हुने गरेका छन्। कोरोना राहत शीर्षकको रकमदेखि हाल कोरोना सङ्क्रमितको उपचार नगर्ने निर्णयसम्म आइपुग्दा सरकार निकै अलोकप्रिय बनिसकेको छ। समयमा समीक्षा गर्दै सुधार गरिएन भने आगामी संसदीय चुनावमा घक्रक्क बस्ने गरी यो सरकार र नेकपालाई कोरोना मुद्दाले खाइदिने हो कि आशङ्का बढ्दो छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्