स्वच्छता सामग्री वितरण

119


प्रस, पंचगावाँ, ४ कात्तिक/
    युनिसेफ नेपालको सहयोगमा पटेर्वासुगौली गाउँपालिकामा कोभिड–१९ महामारी नियन्त्रण पूर्वतयारीका लागि सरसफाइ सामग्री वितरण भएको छ।
    वडाध्यक्ष राजेश्वर महतो थारूको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पत्रकार प्रमोद यादव, स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहलगायतले मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले कोरोना सङ्क्रमणबाट जोगिन सबैलाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरे। महामारीले समुदायमा स्वास्थ्य अवस्थाका साथै आर्थिक अवस्थामा पनि असर पारेको भन्दै पालिकास्तरबाट हुने सहयोग र व्यवस्थापन निरन्तर भइरहने आश्वासन दिएका थिए।
    कार्यक्रममा कोरोना भाइरस सङ्क्रमितहरूलाई सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको गापाका प्राविधिक रामबाबू रायले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्