रक्सौलमा ८ जनाको उम्मेदवारी दर्ता

0
51

राजेश केसरीवाल, रक्सौल, ४ कात्तिक/
    रक्सौल विधानसभा–१० का लागि तेस्रो चरणमा हुने निर्वाचनमा आठजना उम्मेदवारले नामाङ्कन दर्ता गराएका छन्।
    निर्वाचन पदाधिकारी आरतीले आठजना उम्मेदवारले रक्सौल विधानसभा–१० का लागि उम्मेदवारी दर्ता गराएको पुष्टि गरिन्।
    भारतीय जनता पार्टीबाट प्रमोदकुमार सिन्हा, बहुजन समाज पार्टीबाट अजयकुमार सिंह, जनता दल राष्ट्रवादी पार्टीबाट हैदर अलि, इन्डियन नेशनल कङ्ग्रेसबाट रामबाबूप्रसाद यादव, प्लुरल्स पार्टीबाट कुन्दन श्रीवास्तव, राष्ट्र सेवा दलबाट देवेन्द्रकुमार सिंह, जनता काङ्ग्रेसबाट बब्लु कुमार र स्वतन्त्रबाट सुरेश कुमारले नामाङ्कन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका पदाधिकारी सन्तोष कुमारले बताए।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्