मृगशिरा उल्कावर्षा

0
32


काठमाडौं, ४ कात्तिक/रासस
    हेलीको पुच्छे«ताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि मङ्गलवार राति अत्यधिक देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यो पुच्छे«ताराका कारण वर्षमा दुर्ई उल्कावर्षा हुन्छ। हेलीको पुच्छे«ताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धूलोका कणका कारण प्रत्येक वर्ष मे महीनामा ‘एटा एक्वारिएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ।
    आजको उल्कावर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय  रहनेछ।
    उल्कावर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समय अनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरू भई अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ। उल्कावर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ। अत्यधिक उल्कावर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ। ती उल्कावर्षाको गति प्रतिसेकेन्ड ६७ किमिसम्म हुने भएकाले करीब ७० किमिमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उनले बताए।
के हो उल्कावर्षा
    पुच्छे«ताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धूलोका कण र चट्टान छोड्ने गर्दछ। पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ«ेतारा उक्त कक्षको नजीक आइपुगेका बेला धूलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई उल्कावर्षा भनिने सोसाइटीले जनाएको छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।
के हो हेलीको पुच्छे«तारा ?
    बेलायती खगोलशास्त्री ‘एडमन्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छे«तारा पत्ता लगाएका हुनाले यसलाई हेलीको ‘पुच्छे«तारा’ भनिएको हो। यो पुच्छे«ताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ। सन् १९८६ मा देखिएको यो पुच्छे«तारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताए।
यसरी हेरिन्छ उल्कावर्षा
    उल्कावर्षा हेर्न कुनै दूरबीन वा टेलिस्कोप आवश्यक पर्दैन। नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ। उल्कावर्षा हेर्न धैर्यको आवश्यकता पर्छ। उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ। यसका लागि घरको छत वा घरअघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ। दुवै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ। घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ। चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आह्वान गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्