बेवारिसे अवस्थामा १२ लाख बरामद

68

प्रस, वीरगंज, ४ कात्तिक/
    जिल्ला प्रहरी कार्यालय, बाराले स्रोत नखुलेको १२ लाख ३४ हजार बरामद गरेको छ।
    सोमवार बिहान सिम्रौनगढ नपा–पिपराघाटमा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी कचोर्वासहितको टोलीले पैदल यात्रीबाट सो रकम बरामद गरेको प्रहरीले जनाएको छ।
    प्रहरीले फाइबरको झोला छाडेर व्यक्ति फरार भएको र सो रकम बरामद भएको बताएको छ।
    यसैगरी जिप्रका, बाराले मातहतका प्रहरी चौकीले बरामद गरेको छोहोडा २० क्विन्टल, अढाई लाख मूल्यबराबरको प्याज, डेढ लाख मूल्यबराबरको सुर्ती र १८ हजार बराबरको स्वेटर बरामद भएकोमा आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय तथा राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्