पटेर्वासुगौलीमा नेकाको शुभकामना कार्यक्रम

91


प्रस, पंचगावाँ, ४ कात्तिक/
    नेपाली काङ्ग्रेस, पटेर्वासुगौली गाउँपालिका–३ देकुली एकाइको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले सामाजिक सद्भाव कायम राख्दै अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पूरा गरी चाडपर्व मनाउन आग्रह गरे। सबै समुदायलाई आपसी सद्भाव बनाएर पर्व मनाउन उनले आग्रह गरे। पूर्वमन्त्री चौधरीले पार्टी कार्यकर्ताहरूलाई स्थानीय तहमा भइरहेका भ्रष्टाचार रोक्नका लागि अभियान चलाउन सुझाव दिए।
    एकाइ अध्यक्ष श्यामसुन्दर महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेका पर्साका सभापति अजय द्विवेदीलगायत नेताहरू दिनेश चौधरी, शैलेन्द्र यादव, प्रेम चौधरी, सुलेमान मियाँ, भगवती चौधरी, राजकिशोर महतो थारू, ममता महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्