अनेरास्ववियु पर्साको जिल्ला एकता टुङ्गियो

67


प्रस, वीरगंज, ४ कात्तिक/
    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यFर्थी सङ्गठन अखिल  नेपाल राष्ट्रिय स्वतन्त्र विद्यFर्थी युनियन (अनेरास्ववियु) पर्साको एकीकरण प्रक्रिया टुङ्गिएको छ।
    अखिल पर्साका संयोजक रामबाबू यादवको अध्यक्षतामा सङ्गठनका केन्द्रीय सदस्यहरू प्रभाकर गुप्ता, जुबेर आलम, शिवम साह र जिल्ला सहसंयोजक मित्रदेव यादव सहभागी बैठकले एकीकरण प्रक्रियालाई अन्तिम रूप दिएको हो।
    बैठकले ५५ सदस्यीय जिल्ला कमिटी निर्माण गर्नुका साथै जिल्लाका १४ पालिकामध्ये वीरगंज महानगरबाहेक १३ वटा पालिका र २ वटा क्याम्पस एकाइका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ। सोबमोजिम अनेरास्ववियु पोखरिया नगर कमिटीको अध्यक्षमा महेन्द्र महतो र सचिवमा शर्मा पासवानलाई जिम्मेवारी दिएको छ।
    त्यसैगरी, बहुदरमाई नपा एकाइ अध्यक्ष अलि हुसैन, सचिव सन्तोष यादव,  पर्सागढी नपा अध्यक्ष रामु शर्मा, सचिव जुनु तामाङ, ठोरी गापा अध्यक्ष अप्सरा स्याङ्तान, सचिव हिमालसागर कुँवर, छिपहरमाई गापा अध्यक्ष सुशील हजरा, सचिव मनोज पटेल, जीराभवानी गापा अध्यक्ष करण चौधरी, सचिव अनिल चौधरी, धोबिनी गापा अध्यक्ष्F सन्दीप पटेल, सचिव दीपेन्द्र साह रौनियार, सखुवाप्रसौनी गापा अध्यक्ष अनिल यादव, सचिव भोले चौधरी, पटेर्वासुगौली गापा अध्यक्ष जय चौधरी, सचिव अवधेश यादव, विन्ध्यवासिनी गापा अध्यक्ष कलशरीफ गद्दी, सचिव अजित चौरसिया, जगरनाथपुर गापा अध्यक्ष जयबाबू मन्सुर, सचिव गोविन्दा चौधरी, पकाहामैनपुर गापा अध्यक्ष अनिल चौहान, सचिव कौशलकिशोर साह साथै कालिकामाई गापा एकाइ कमिटीको अध्यक्ष कुन्दन चौरसिया र सचिवमा विकास पटेललाई जिम्मेवारी दिइएको अखिल पर्साका संयोजक यादवले सञ्चारकर्मीलाई जानकारी गराए।
    त्यसैगरी, ठाकुर राम बहुमुखी क्याम्पस एकाइ अध्यक्ष सन्दीप विक्रम शाह, सचिव मञ्जय यादव, वीरगंज नर्सिङ क्याम्पस एकाइको इन्चार्ज रोशनी भट्टराई र सचिवमा सृजा सिंहले जिम्मेवारी पाएका छन्।
    यसअघि केन्द्रीय कमिटीले केन्द्रीय सदस्य, जिल्ला संयोजक र सहसंयोजक मात्रै तोकेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्