प्रस, वीरगंज, ३ कात्तिक/
नारायणी अस्पतालको प्रयोगशालाले पर्सा, बारा, सर्लाहीका गरी २९ जना सङ्क्रमित पुष्टि गरेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले गएराति भएको परीक्षण रिपोर्ट आज सार्वजनिक भएकोमा बाराका २५, पर्साका ३ र सर्लाहीका १ जना सङ्क्रमित भएको बताए। पर्साका सङ्क्रमित हुनेमा वीरगंज महानगरपालिकाका २ जना, सखुवाप्रसौनी गाउँपालिकाका १ जना छन्।