सुनसहित एकजना पक्राउ

0
39


प्रस, जनकपुरधाम, ३ कात्तिक/
    २०० ग्राम अवैध सुनसहित जनकपुरबाट एकजना पक्राउ परेका छन्।
    पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका–४ का ३४ वर्षीय रामचन्द्र साह रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।    बा.१०च ३५६८ नम्बरको इको भ्यानमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा जनकपुरको भ्रमरपुरा चोकबाट सो परिमाणको सुनसहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणले जनाएको छ। बरामद गरिएको २०० ग्राम सुनको बजार मूल्य १६ लाख २३ हजार ८०० रहेको छ।
    गणका सशस्त्र प्रहरी निरीक्षक शम्भु कटवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौंबाट अवैधरूपमा चोरी पैठारी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतवार साँझ उक्त सुन बरामद गरेको हो। सुनसहित गाडीको अन्दाजी मूल्य  रु ३१ लाख २३ हजार ८०० रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको सुन र गाडी आवश्यक कारबाईका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्