सरसफाइसम्बन्धी सचेतना –याली

0
59


प्रस, सेढवा, ३ कात्तिक/
    जीराभवानी गाउँपालिकामा सञ्चालित पूर्ण सफाइ कार्यक्रम अन्तर्गत सचेतना –याली निकालिएको छ। विश्व हात धुने दिवसको अवसरमा जीराभवानी गापा–२ मा रहेको सेढवाबिर्ताका कक्षा ९ र १० मा अध्ययनरत छात्राहरूले सरसफाइसम्बन्धी सचेतना –याली निकालेका हुन्।
    –यालीमा सरसफाइसम्बन्धी विभिन्न नारा लगाइएको थियो। युएन हेभिटाटको सहयोग र विकास नेपालको सहजीकरणमा आयोजित –यालीमा वडाध्यक्ष महादेव महतो थारू, इप्रका सेढवाका प्रनानि अर्जुन साह, विकास नेपालका लक्ष्मण पण्डित, सुनील हजरा, सहजकर्ता कविता चौधरी, पुष्पा चौधरी, सीमा चौधरीलगायत सहभागी थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्