प्रहरीले समातेको सुन राजस्वमा बुझाइयो

0
31


प्रस, परवानीपुर, ३ कात्तिक/
    पर्सा प्रहरीले दुई दिनअघि वीरगंजबाट बरामद गरेको करीब २३ किलो सुन र चाँदीका गहनाहरू आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ।
    सोमवार दिउँसो पर्सा प्रहरीको टोली पथलैया पुगेर कागजी प्रक्रिया पूरा गरेर अनुसन्धान कार्यालयलाई सुन बुझाएको प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले जानकारी गराइन्। शुक्रवार मध्याह्न १२ देखि २ बजेसम्म चलेको छापामारीमा वीरगंज–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नं फ्लाटबाट करीब २३ किलो सुन र २.२६२ किलोग्राम चाँदीका गहना, भाँडाकँुडा बरामद भएको थियो। पूर्वसूचनाको आधारमा प्रहरीले छापा मारी वीरगंजबाट ठूलो परिमाणमा सुन बरामद गरेको थियो।
    लकडाउनको बेला सीमानाका बन्द रहेको र तेस्रो मुलुकबाट अवैधरूपमा सुन आयात गरी भारततर्फ तस्करी गर्ने उद्देश्यले उक्त सुन वीरगंजको उक्त फ्लाटमा लुकाइराखेको अवस्थामा फेला परेको थियो।
    बरामद सुनमा १ किलो दरका १३ वटा बिस्कुट, सुनको बिस्कुट मझौला फाइभ टिएइएलएस ९९९९ सुन ४६ थान (८ किलो ५७६ ग्राम), सय ग्रामको सानो सुनको बिस्कुट १० थान (१ किलो), सुनका विभिन्न गरगहना (६८१ ग्राम) गरी २३ किलो २५७ ग्राम सुन बरामद भएको थियो।
    वीरगंज–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नं फ्लाट भारत, बिहार, रक्सौलका अशोक सिन्हाको भएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्