राजेश केसरीवाल, रक्सौल, ३ कात्तिक/
रक्सौलमा ९ सय ग्राम चरेससहित एकजना युवक पक्राउ परेका छन्। रक्सौल थाना क्षेत्र अन्तर्गत कोइरिया टोलामा रहेको त्रिलोकीनाथ मन्दिरनजीकबाट सो परिमाणको चरेससहित बेतिया, हरिवाटिका चोक निवासी किसन तिवारी पक्राउ परेका रक्सौल थानाका निरीक्ष्Fक अभय कुमारले बताए। सूचनाको आधारमा छापा मारिएको र युवक चरेससहित पक्राउ परेको उनले जानकारी गराएका छन्। पक्राउ परेका तिवारीविरुद्ध मुद्दा दर्ता भएको उनले बताए।