कोरोना सङ्क्रमणबाट रौतहटमा ११ जनाको मृत्यु

0
42


प्रस, रौतहट, ३ कात्तिक/
    कोरोना सङ्क्रमणबाट रौतहटमा हालसम्म ११ जनाको ज्यान गइसकेको छ।  आइवार मृत्यु भएका दुर्ईजनासहित मृत्यु हुनेको जम्मा सङ्ख्या ११ पुगेको हो। पछिल्लो समयमा मृत्यु भएका सङ्क्रमितको नेपाली सेनाले छुट्टाछुट्टै दुर्ई स्थानमा शव व्यवस्थापन गरेको छ। इन्द्रबक्स गण गौरबाट खटिएको नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका– ७ बगही र माधवनारायण नगरपालिका–७ मा शव व्यवस्थापन गरेको हो।
    वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया–७ का ७० वर्षीय एकजना पुरुषको बगही गाउँछेउमैं सेनाको टोलीले शनिवार बेलुकी शव व्यवस्थापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताएका छन्।
    त्यसैगरी, चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण–७ की ७० वर्षीया वृद्धाको पनि उनकै गाउँछेउमा शव व्यवस्थापन गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्