अधूरो भ्यू टावर र पार्क निर्माण शुरू

0
56

ओमप्रकाश चौधरी, सेढवा, ३ कात्तिक/
    आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन पर्यटन कार्यालय, पर्साले अधूरो निर्माण गरेको भ्यू टावरलाई ठोरी गाउँपालिकाले निर्माण कार्य थालेको छ।
    सङ्घीयता लागू हुनुअघि साबिक गाविस ठोरीको गोलेडाँडामा पर्यटन कार्यालय, पर्साले रु २० लाखको लगानीमा सो टावर अधूरो निर्माण गरेको थियो। स्थानीय सरकार गठनपछि सो टावरको पुनः निर्माण कार्य शुरू भएको हो। आव २०७५/०७६ मा ठोरी गापाले रु ५ लगानी गरी टावरको निर्माण शुरू गरेको गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले बताए।
    उनले चालू आवमा सो टावरको छाना, रेलिङ तथा सौन्दर्यीकरण गरिने अध्यक्ष श्रेष्ठले बताए। यसका साथै मनमोहन पार्क निर्माण गरी स्व  मनमोहन अधिकारीको सालिक निर्माण यसै वर्ष गरिने अध्यक्ष श्रेष्ठले बताए। ठोरी महोत्सवको समयमा टावरसम्म पुग्ने बाटो निर्माण गरिएको तथा यस वर्ष सो पार्कमा प्रतीक्षालय निर्माण गरी आन्तरिक तथा भारतीय पर्यटकहरूलाई भिœयाउने योजना रहेको बताए।
    गोलेडाँडामा निर्माण भइरहेको सो टावरबाट पूरै ठोरीको प्राकृतिक दृश्य हेर्न सकिन्छ। यसका साथै भारतमा रहेका भिखनाठोरीलगायत अन्य ठाउँ हेर्न सकिने ठोरी गापा–२ का अध्यक्ष किशोर तामाङले बताए। कोरोनाको महामारी, लकडाउन तथा निषेधाज्ञा हुनुअघि दैनिक आठ सयदेखि एक हजार भारतीय विद्यार्थी तथा पर्यटक यहाँ आउने गरेका वडाध्यक्ष तामाङले बताए।
    उनले लकडाउन खुकुलो भएसँगै पर्यटकको सङ्ख्यामा केही वृद्धि भएको बताए। गोलेडाँडाको भ्यू टावरमा जान ठोरी गाउँपालिका–२ को कार्यालयको दक्षिणपट्टिबाट करीब आधा घण्टाको पैदल डाँडा काट्नुपर्छ। सो टावरबाट ठोरीबजार, चोक, सरस्वती चोक, चौतारा, इच्छानगरको रमणीय दृश्य हेर्न सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्