सबैको टुङ्गो लाग्यो, शिक्षाबाहेक

0
28


    कोरोनाले निम्त्याएको बन्दाबन्दी, सजगताको सीमा मिचेरै भएर पनि सबै क्ष्Fेत्र खुला भइसकेको छ। महामारीको सङ्क्रमण फैलाउनेलाई दण्ड–जरिवाना गर्न सक्ने प्रशासन कार्यालयमा समेत लापरवाहपूर्ण भीड जम्मा हुन थालिसक्यो, बजारको त कुरै छाडौं। यातायातका साधन चल्न थाले, हवाईजहाज पनि उड्न थाले। किसान खेतमा काम गरिरहेका छन्। भारतबाट हुलका हुल मजदूर ल्याएर उद्योगहरू पनि चल्न थाले। टुङ्गो नलागेको एउटै क्षेत्र हो, शिक्षा। शिक्षा नहुँदा कस्तो हविगत बेहोर्नुपर्छ भन्ने कुरा आजसम्म नेपाली समाजले भोगिरहेको छ। किनकि राणाकालमा विद्यालयहरू खोल्नै दिइएन, साधन सम्पन्न र अदम्य चाहना भएकाबाहेकले पढ्न पाएनन्। देश आजसम्म त्यसको परिणाम भोगिरहेको छ। कहाँसम्म भने शासन चलाउने (अब गाउँस्तरमैं सरकार बनेकोले) हरू पनि निरक्ष्Fर छन्। न्याय निरूपण गर्ने स्थानीय सरकारमा ल्याप्चेछापहरू छन्। त्यही शिक्षालाई सरकारले अहिलेसम्म व्यवस्थापन गर्ने कुनै सोच बनाएको देखिंदैन। विद्यालयहरू बन्द छन्, विद्यार्थीहरू अलपत्र परेका छन्।
    अहिलेको बेला अध्ययनका लागि विद्यालयबाहेक अरू विकल्प नै छैन भन्ने कुरा पनि होइन। धेरै विकल्प छन्, तर सबै विकल्पमा सरकारले तगारो लगाइदिएको छ। भर्चुअल शिक्षाको शुल्क नलिनु भनिरहँदा महीनौंसम्म कसैले कसरी अध्यापन गरिरहन सक्छ ? यो त त्यस ठाउँको कुरा हो, जहाँ वा जोसम्म, भर्चुअल शिक्षा सम्भव छ। तर नेपालमा नाउँका लागि मात्र नगरपालिका बनाइएका स्थानीय तहको हविगत त उही पुरानो झुग्गी–झोपडी, कच्ची बाटो, बाटोमा रछ्यानको पानी, सामान्य मोबाइल चलाउन पनि धेरै ठाउँमा रूख नै चढ्नुपर्ने बाध्यता छ। यस्तो ठाउँमा कसरी कसैले भर्चुअल शिक्षा दिन सक्छ ? भर्चुअल शिक्षा भनेको भिडियो कन्फरेन्सिड्ढै रूप हो। शिक्षकहरूलाई नै यो प्रविधि थाहा छैन भने विद्यार्थीको के कुरा १ फेरि त्यति महँगा उपकरण आउने कहाँबाट ? कसैगरी उपकरणको जोहो भयो भने पनि इन्टरनेट सेवा कसरी प्राप्त हुने ? यसै पनि शहर–बजारमा इन्टरनेट सेवा फितलो छ। यी सबैको प्रबन्ध भयो भने पनि विद्युत्को निरन्तरता ? यथास्थितिमा अँध्यारो नेपाललाई उज्यालो बनाइदिने खुबी भएका व्यक्तिलाई सरकारले पदबाट निकालि नै सकेको छ। अचेल प्रायः बेलुका केही समयको लागि विद्युत् जाने गरेको छ। यो केही समय, पछि केही घण्टा हुँदै लोडसेडिड्ढो तालिकामा परिणत हुँदैन भनी कसैले दाबी गर्न पनि सक्दैन।
    अर्थात् नेपालमा विद्यालयमैं पुगेर प्रत्यक्ष्F अध्ययन गर्नुको विकल्प छैन। यो त्यति असहज पनि छैन। हो केही सतर्कता अवश्य कायम गर्न सक्नुपर्छ। सरकारले एउटा छुट्टै अस्पताल विद्यार्थीहरूका सुरक्ष्Fित राख्नुपर्छ। विद्यालयहरूमा महामारी सतर्कताको पूर्ण पालना हुनुपर्छ। यसै पनि विद्यार्थीहरूमा ऊर्जाको अपार स्रोत हुन्छ। उनीहरूमा कस्तै सङ्क्रमणविरुद्ध  पर्याप्त प्रतिरोधक क्ष्Fमता हुन्छ। तर सरकार आफैं अघि सर्दैन, तमाम साधन–सुविधाका बावजूद सामुदायिक विद्यालय खोल्ने साहस गर्न सकेको छैन र निजी विद्यालयहरूलाई पनि अनुमति दिइरहेको छैन। साधन र सीप हुने, तदनुरूप विद्यार्थी भएका अध्ययन संस्थानहरूले शुरूदेखि भर्चुअल कक्षा चलाइ नै रहेका छन्। यसबाट कोही शिक्ष्Fित हुन पाउने, कोही नहुन पाउने भेद उत्पन्न भएको छ। सरकार समयमैं सचेत हुनु आवश्यक छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्