विद्युत् चुहावट १० प्रतिशतले वृद्धि

0
30


प्रस, सिराहा, २ कात्तिक/
    सिराहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा विद्युत् चुहावट करीब १० प्रतिशतले बढेको छ।
    विगतका वर्षमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करीब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ। कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन हुन नसक्दा चुहावट बढेको प्राधिकरणको ठम्याइ छ।
    अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा विद्युत् चुहावट अभियान सञ्चालन हुँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो।
    सरकारले गत चैत महीनादेखि गरेको लकडाउन र फैलिंदो कोरोना सङ्क्रमण सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँगाउँमा टोली पठाउन सम्भव नभएकोले चुहावट बढेको वितरण केन्द्र लहानका प्रमुख धीरेन्द्रकुमार यादवले बताएका छन्। यस क्रममा तीन करोड २९ लाख ८४ हजार ४८२ रुपैयाँ बिजुलीको बाँकी बक्यौता रकम असुली भएको छ। सो अवधिमा विद्युत्को महसूल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन काटिएको थियो। लामो समयदेखि विद्युत् महसूल नबुझाउने २७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ। कालोसूचीमा रहेका ग्राहकबाट ६० लाख आठ हजार ४३८ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको पनि उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्