मुख्यमन्त्रीद्वारा दशैंको शुभकामना

0
33

प्रस, जनकपुरधाम, २ कात्तिक/
    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले बडादशैंको उपलक्ष्यमा  शुभकामना दिएका छन्। आइतवार प्रेस विज्ञप्ति प्रकाशित गरी मुख्यमन्त्री गद्दीले सम्पूर्ण नेपाली तथा प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र  उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका हुन्।
    कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दशैं चाड मनाउन आग्रह गर्दै मुख्यमन्त्री गद्दीले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको  अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई आग्रह गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्