भारत लैजान लागेको मटर बरामद

0
55


प्रस, महोत्तरी, २ कात्तिक/  

          नेपालबाट भारततर्फ अवैधरूपमा लैजान लागेको २२ क्विन्टल मटर प्रहरीले बरामद गरेको छ।
     जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको सीमानाका नजिक  मनरासिस्वा नगरपालिका–१० मरूवाही गाउँँस्थित रामजानकी जेनरल स्टोर्सबाट ९० बोरा (२२ क्विन्टल ५०० किलोग्राम) मटर बरामद गरिएको हो।
    मटर तस्करी हुन लागेको भन्ने सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार राति १ बजे जेनरल स्टोर्समा छापा मारि सो परिमाणको मटर बरामद गरिएको हो । बरामद मटर आवश्यक कारबाईका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्