पर्सागढीको तिलावे पुल बन्न ढिलाइ, ५ वर्षमा पिलर मात्र उठ्यो

0
67


प्रमोद यादव, पंचगावाँ, २ कात्तिक/
    पर्सागढी नगरपालिका–९ एकटाँगामा रहेको तिलावे पुल पनि समयमा बन्न नसक्दा यस भेगका मानिसहरूले समस्या भोग्नुपरेको छ।  थरुहट सडकको मुख्य सडक अन्तर्गत पर्ने हरपुरदेखि श्रीपुर पंचगावाँ, सेढवासम्म जोड्ने तिलावे पुलको निर्माण ५ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन। एकटाँगाका स्थानीय लक्ष्मीप्रसाद यादवले पुल नबन्दा मानिसहरूले समस्या भोग्नुपरेको बताए। उनले पुल निर्माण समयमा हुन नसकेको र सडक डिभिजन कार्यालय, हेटौंडाले बारम्बार ठेकेदार कम्पनीको म्याद मात्र थप गरिरहेको गुनासो गरे। पुल निर्माणको काम पप्पु कन्स्ट्रक्शनले लिएको छ।
    साढे ५ करोड रुपैयाँको लागतमा ठेक्का सकार गरेको पप्पुले समयमा पुल निर्माण नगर्दा यस भेगका मानिसहरूलाई आवतजावतमा समस्या भएको हो। पुल सञ्चालनको लागि स्थानीयले बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि सुनवाइ भएको छैन। पुलको काम अहिले जग निर्माणबाहेक अगाडि बढेको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्