डा. सिंह र ठाकुर सम्मानित

0
67


विमला गुप्ता, वीरगंज, २ कात्तिक/
    प्रदेश जनस्वास्थ्यको पहिलो वार्षिकोत्सवमा वीरगंजका एकजना चिकित्सक र स्वास्थ्यकर्मी सम्मानित भएका छन्।
    प्रदेश २ सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले कोरोना सङ्क्रमणमा कोभिड अस्पताल वीरगंजका संयोजक नारायणी अस्पतालका डा उदयनारायण सिंह र स्वास्थ्य कार्यालय, पर्साका निरीक्ष्Fक जयमोद ठाकुरलाई सम्मानित गरेका हुन्।
    शनिवार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश २ का ८ जिल्लामा कोभिड सङ्क्रमणमा अग्रपङ्क्तिमा खटेका ४० जना चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरिएकोमा पर्साबाट डा सिंह र ठाकुर सम्मानित भएका हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्