६ जना महिलासहित ८२ जनाद्वारा रक्तदान

0
49

प्रस, वीरगंज, १ कात्तिक/
वीरगंजमा शनिवार दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा ६ जना महिलासहित ८२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

अखिल नेपाल पिछडावर्ग महासङ्घ पर्साको आयोजनामा वीरगंज–१३ राधेमाई मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा ५ जना महिलासहित ६३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नीलम कर्ण, शिखा कर्ण, पूनम कुशवाहा, मानविक चौधरी, मुस्कान बर्णवाल, अकलेश साह, रोशन सर्राफ, आकाश गुप्तालगायतले रक्तदान गरेका थिए । ओबिसी पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षता तथा ओबिसीका महासचिव तेजप्रसाद निषादको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राई, पूर्वसांसद बिचारी यादव, डा विश्वम्भर शर्मालगायत सहभागी थिए ।

यसैगरी, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा आर्य एकेडेमीमा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित १९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । कार्यक्रममा विजया ओझैया, प्रजय अग्रवाल, राहुल चौधरी, कृष्ण सर्राफ, राजाबाबू चौरसिया, रोशन पटवालगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्