२२ किलो सुन बरामद

177

प्रस, वीरगंज, ३० असोज/
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगर–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा शनिवार छापा मारी १९ करोड रुपैयाँबराबरको २२ किलो ५७६ ग्राम सुन र केही चाँदीका गहना बरामद गरेको छ ।

छापामारीपछि जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गङ्गा पन्तले प्रहरी प्रधान कार्यालयको सूचनाको आधारमा छापा मारी सो परिमाणको सुन, चाँदी बरामद भएको बताइन् । उनले गणेश अपार्टमेन्टको ३०३ नं प्mलाटबाट २२ किलो विभिन्न आकारका सुनका बिस्कुट, गहना र ६८१ ग्राम चाँदीका सामानहरू बरामद भएको बताइन् । पत्रकार सम्मेलनमा बन्द प्mलाट प्रहरीले तोडेर जाँच गर्दा ठूलो परिमाणमा रहेको सुन तथा चाँदी बरामद भएको बताइन् । पर्सा जिल्लामा अहिलेसम्म एकसाथ बरामद यो सुन सबैभन्दा बढी परिमाणको हो । अपार्टमेन्टको सो प्mलाट भारत रक्सौल हरैया निवासी अशोक सिन्हाको नाममा भएको थाहा हुन आएको छ । सिन्हा रक्सौल कस्टमका क्लियरिङ एजेन्ट हुन् । हाल उनी पटनामा केही महीनादेखि उपचारमा बसेको थाहा हुन आएको छ । सिन्हाका भाइ अहिले बिहार विधानसभामा भाजपाबाट रक्सौलको प्रत्याशी भएको बुझिन आएको छ । राजनीति र कारोबारी किचलोको कारण प्रतिस्पर्धीबाट सूचना चुहिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

पत्रकार सम्मेलनमा घटनापछि सिन्हाको बारेमा थप अनुसन्धान भइरहेको प्रउ पन्तले बताइन् । उनले प्mलाटबाट बरामद सुनको खरीद–बिक्री कागजपत्र पनि बरामद भएको बताइन् । उनले प्रहरीले शुक्रवारदेखि सूचनाको आधारमा अपार्टमेन्टको निगरानी गरिरहेको बताइन् । अपार्टमेन्टको सुरक्षागार्ड र धनीसँग साँचो माग गरिएको तर उपलब्ध नभएपछि प्रक्रिया पु¥याएर ताला फोडी खानतलाशी गरिएको पत्रकार सम्मेलनमा प्रउ पन्तले जानकारी गराइन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्