नेकपाको शपथग्रहण

107

प्रस, पोखरिया, १ कात्तिक/
नेपाल कम्युनिस्ट पार्टी पर्सा अन्तर्गत छिपहरमाई र धोबिनी गाउँपालिका कमिटीको संयुक्त शपथग्रहण समारोह सम्पन्न भएको छ ।

नेकपा पर्साका अध्यक्ष प्रभु हजराले दुवै गापाका एकाइ अध्यक्षलगायत पदाधिकारी सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेकपा छिपहरमाई र धोबिनीका अध्यक्ष क्रमशः प्रह्लाद गुप्ता र मजिद अहमदको संयुक्त अध्यक्षता तथा पोलिटब्युरो सदस्य उर्मिला अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद शेख चाँदतारा, पूर्वसांसद जयप्रकाश थारू, राजकुमार गुप्ता, जुनेद अन्सारी, नेकपाका स्थानीय नेताहरू जालिम मियाँ, बलिराम साह, रामाश्रे राम, ऐनुल हकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत छिपहरमाई गापा अध्यक्ष मनोज गुप्ताले गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्