दुर्गा पूजाको लागि कलशयात्रा सम्पन्न

87

प्रस, वीरगंज, १ कात्तिक/
शनिवारदेखि शुरू भएको दशैंको अवसरमा पर्सा र बाराका विभिन्न स्थानमा दुर्गा पूजाको लागि कलशयात्रा सम्पन्न भएको छ ।

जबकि दुवै जिल्लाका प्रशासनले सूचना जारी गर्दै दुर्गा पूजा पन्डाल प्रयोग गरेर नगर्न सुचित गरेको छ । वीरगंज शहरमा यही कारण परम्परागतरूपमा वर्षौंदेखि हुँदै आएको दुर्गा पूजा गरिएन । तर पर्सा जिल्लाको वीरगंज शहरी क्षेत्रबाहेक महानगरकै विन्ध्यवासिनी, पोखरिया, पर्सागढी, बहुदरमाई र प्रायःजसो सबै पालिकामा दुर्गा पूजा आयोजना भइरहेको छ ।

यसैगरी, बाराको सिम्रौनगढमा पनि पन्डाल बनाएर दुर्गा पूजा गरिएको छ । आज घटस्थापनाको दिन दुर्गा पूजाको लागि बालबालिका, युवा, महिलाको सहभागितामा पर्सा र बाराका विभिन्न स्थानमा कलशयात्रा भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्