जोखिमबाट जोगिएर पर्व मनाऔं

0
33

प्रस, पर्सागढी, १ कात्तिक/
जगरनाथपुर गाउँपालिकामा नेपाली काङ्ग्रेसले दशैं, तिहार र छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकाका केन्द्रीय सदस्य रमेश रिजालले महामारीबाट बचेर चाडपर्व हर्षोल्लासका साथ मनाउन आग्रह गरे । विश्वमा महामारीको रूप लिएको कोरोना भाइरसबाट जोगिने सबै मापदण्ड पूरा गरी पर्व मनाउन उनले आग्रह गरे ।

नेका गापा संयोजक राजिरिस चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेका पर्साका सभापति अजयकुमार द्विवेदी, प्रदेशसभा सदस्य शङ्कर चौधरी, क्षेत्रीय सभापति रमेशनाथ पाण्डे, महासमिति सदस्य वशिष्ठनारायण कुर्मी, जिल्ला सचिव किशोरीसाह कानु, सुवास यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण श्रीकान्त यादवले गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्