सीमा सहज हुँदा किसानलाई पनि फाइदा

0
67

प्रस, सेढवा, ३० असोज/
सीमा सिल भएपनि नेपाल–भारतका मानिसहरूको ग्रामीण नाकामा आवतजावत सहज भएको फाइदा अहिले किसानहरूलाई भएको छ ।
मौसमी तरकारीको बीउबिजनका लागि अहिले ठोरी, जीराभवानी, जगरनाथपुर, धोबिनी, छिपहरमाई, पटेर्वासुगौली, सखुवाप्रसौनीलगायतका किसानहरू हिउँदे मौसमी तरकारीको बीउबिजन खरीद गर्न भारतीय सीमावर्ती बजारमा जाने क्रम अहिले बढेको छ ।
भारतीय सीमावर्ती बजार सिकटा, मैनाटार, इनर्वा, भङ्गाहा, जमुनियामा नेपाली किसानहरूको उपस्थिति बढेको जीराभवानी गापा–५ निवासी रामचन्द्र चौधरी बताउँछन् । गाउँघरको बजारमा बीउबिजन नपाएको अवस्थामा सीमापारि सस्तोमा सामान खरीद हुने उनी बताउँछन् ।
आलु, कोभी, बन्दाकोभी, भन्टा, मुलालगायतका बीउ र कीटनाशक औषधि खरीद गर्न अहिले नेपाली किसानहरू भारतीय सीमावर्ती बजारमा जाने गरेका छन् । सीमा सिल भएपनि सुरक्षाकर्मीहरूले किसानका लागि रोकटोक गरेको छैन । अन्य मानिसहरूको चहलपहल पर्साको ग्रामीण क्षेत्रका मुख्य नाकाबाट नभए पनि अन्य वैकल्पिक बाटोबाट भने सहजै भइरहेको छ । किसानहरू भने मुख्य बाटो नै मोटरसाइकलबाट आउजाउ गर्दैछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्