भन्सार छलीका सामान बरामद

90

प्रस, वीरगंज, ३० असोज/
जिल्ला प्रहरी कार्यालय पर्साले अलैंची, भैंसी, पाडा र जुत्ता बरामद गरी वीरगंज भन्सार कार्यालय चलान गरेको छ ।
प्रहरी चौकी बसपार्कले १४ बोरा भन्सार छलीको अलैंची बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उक्त अलैंची ५ क्वीन्टल रहेको र बजार मूल्य साढे १२ लाख रुपैयाँ हुने बताइएको छ ।
यसैगरी, पर्सागढी नगरपालिका–५ बाट दुईवटा पिकअपमा लोड ४ थान भैंसी र पाडा ३ थान बरामद भएको प्रहरीले बताएको छ । भैंसी र पाडाका मालिक पोखरिया नपा–९ का विशाल यादवलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, वीरगंज–२० हरपतगंजबाट दुईवटा मोटरसाइकलमा भन्सार छलीका जुत्ता बरामद गरिएको प्रहरीले बताएको छ । दुईवटा मोटरसाइकलबाट बरामद ४ बोरा जुत्ताको बजार मूल्य पौने दुई लाख हुने प्रहरीले जानकारी गराएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्