नेकपाको शपथ ग्रहण

0
44

प्रस, ठोरी, ३० असोज/
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ठोरी र जीराभवानी गाउँपालिका कमिटीको संयुक्त शपथग्रहण शुक्रवार सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा ठोरी गाउँपालिका–५ सुवर्णपुरमा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले दुवै पालिकाका पदाधिकारी, सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कार्यक्रममा नेकपाका नेताहरू जयप्रकाश थारू, राजकुमार गुप्ता, प्रद्युम्न चौहान, जुनैद अन्सारी, ठाकुरप्रसाद न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

ठोरी र जीराभवानी गापा कमिटी अध्यक्ष क्रमशः खगेन्द्र श्रेष्ठ र शशी कपूर राय थारूको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लालबहादुर श्रेष्ठले स्वागत र प्रताप श्रेष्ठले सहजीकरण गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्