३२ जनाद्वारा रक्तदान

95

प्रस, वीरगंज, २९ असोज/

    ग्रामिण महिला दिवस र विश्व हात धुने दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
    नेपाल रेडक्रस सोसाइटी रामनगरी उपशाखा पर्सा, जनहित बचत तथा ऋण सहकारी संस्था र सामुदायिक विकास स्रोत केन्द्र नेपालको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा अर्जुन पटेल, पप्पु साह, दीपेन्द्र साह, उमेश कुमार, रमाकान्त साह तेली, जयनरेश साहलगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्