हिनामिनाविरुद्ध नेराविमाविमा तालाबन्दी

67

प्रस, वीरगंज, २९ असोज/

    वीरगंज महानगरपालिका–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरमा भ्रष्टाचार भएको  आरोप लगाउँदै अभिभावकहरूले बिहीवार विद्यालयको कार्यालय र स्टोर कक्षमा तालाबन्दी गरेका छन् ।
    विद्यालयमा चार वर्षदेखि सामाजिक लेखापरीक्षण र आन्तरिक लेखापरीक्षण नगरेकोले जिल्ला शिक्षा समन्वय एकाइले विद्यालयलाई कालोसूचीमा राखेको, प्रदेश सरकारले विद्यालयको स्तरोन्नतिका लागि पठाएको १५ लाख रुपैयाँ पनि हिनामिना भएको र शिक्षकहरू बढी राजनीतिमा लाग्ने गरेको आरोप लगाउँदै अभिभावकहरूले तालाबन्दी गरेका हुन् ।
    विद्यालय व्यवस्थापन समिति र महानगरपालिकाको शिक्षा महाशाखाले प्रधानाध्यापकको सरुवा आपूmखुशी गरेको अभिभावक महेश्वरलाल महतोले आरोप लगाए । उनले विद्यालयको शैक्षिक विकास, सुधारका लागि आउने अनुदानहरूको सदुपयोग नभई दुरुपयोग भएको उनले आरोप लगाए ।
    कोरोनाको कारण विद्यालय बन्द रहेको अवस्थामा पनि भौतिक संरचना निर्माणका नाममा टालटुले काम गरेर अनुदान सहयोगको रकम हिनामिना पारेको उनको आरोप छ । प्रअको सरुवा हरहिसाब फरफारक गरी गर्नुपर्नेमा सो नगरी प्रअ गोपाल महतोको सरुवा गरिएको र उनको स्थानमा महानगरले अनिल वर्णवाललाई पठाएको भन्दै तालाबन्दी गर्नेहरूले महानगरको सो निर्णय मान्य नभएको पनि बताए ।
    तालाबन्दीमा चन्देश्वर तिवारी, दिना महतो, सद्दाब अन्सारी, सुजित गिरीलगायत सहभागी थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्