बाढीपीडितद्वारा नगरप्रमुखलाई ज्ञापन

0
39

प्रस, रौतहट, २९ असोज/

     ईशनाथ नगरपालिका वडा नं १, २, ३ र ९ का बाढीपीडित जनताले तत्काल क्षतिपूर्ति माग गर्दै नगरप्रमुखलाई ज्ञापन बुझाएका छन् । बाढीले धानबालीमा क्षति पु¥याएको र सोको क्षतिपूर्ति तत्काल उपलब्ध हुनुपर्ने उनीहरूको माग छ । दुईपटकसम्म ज्ञापन दिएको तर सुनवाइ नभएको भन्दै चाडपर्व नजिकिएकोले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन नगरप्रमुख सन्तोष मेहतासँग आग्रह गरे । बाढीले नगर क्षेत्रका धेरै धानबालीलाई हानिनोक्सानी पुगेकोले किसानहरू मर्कामा परेका उनीहरूले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्