पशुपालन र अन्नबालीलाई प्राथमिकता सम्सीको गाउँसभा सम्पन्न

0
37

प्रस, महोत्तरी, २९ असोज/
    महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाको पFँचौं गाउँसभाले ‘समृद्ध सम्सीको आधार, पशुपालन र अन्नबालीको भण्डार’ मुख्य नारा पारित गर्दै कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको छ । बुधवार अबेर सभा सम्पन्न भएको हो ।
    सम्पन्न गाउँसभाले चालू आर्थिक वर्ष २०७७/७८ का लागि रु ४६ करोड २३ लाख ३९ हजार ५४० को बजेट पारित गरेकोमा कुल आयमध्ये कृषिलाई ४० प्रतिशत र पूँजीगत खर्चको लागि ६० प्रतिशत बजेट विनियोजन गरिएको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुखले जानकारी दिए । सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान, प्रदेश सरकारबाट वित्तीय समानीकरण र सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, बहुक्षेत्रीय पोषण कार्यक्रम, आन्तरिक स्रोत परिचालन र गत वर्षको मौज्दातसहितका शीर्षकमा गरी गाउँसभाले अनुमानित बजेट पारित गरेको हो ।
    लामो समयसम्म राजनीतिक खिंचातानी र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीच असमझदारीका कारण गाउँपालिकाको नियमित र महŒवपूर्ण कामकारबाई अवरुद्ध भएको थियो । अब सबै पक्षबीच सहमति र समझदारीका साथ गाउँसभाको सङ्कल्प पूरा गर्न एकजुट भएर अगाडि बढ्ने अध्यक्ष फारुखले प्रतिबद्धता जाहेर गरेका छन् ।
    “हाम्रो पहिचान र विशिष्टता कृषिमैं खोज्नेछौं, हाम्रा प्रयत्न सबै कृषिका लागि समर्पित हुनेछन्,” अध्यक्ष फारुखको कथन थियो । उनले थपे, “अब हाम्रा गाउँबस्ती अन्नबालीको भण्डार र दूध तथा मासुजन्य आहारको थलो बन्नेछन् ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्