पर्सागढीका ऐतिहासिक स्थलको संरक्षणमा ध्यान गएन

0
73

बलिराम शुक्ला, बिरुवागुठी, २९ असोज/
पर्सागढी नगरपालिका अन्तर्गत रहेका महŒवपूर्ण शक्तिपीठ, धार्मिकस्थलहरूको संरक्षणमा तीनै तहका सरकारले ध्यान पु¥याएका छैनन् ।
नगरपालिका अन्तर्गतको ऐतिहासिक गौरवका पर्सागढी, आमोदेवी, कोइलाभार मन्दिरको संरक्षण एवं संवद्र्धनमा सङ्घ र प्रदेश सरकार त लापरवाह देखिएकै छन्, स्थानीय पालिकाले पनि यसको संरक्षणमा ध्यान पु¥याउन सकेको छैन ।
पर्सागढी देशकै ऐतिहासिक विजयगढमध्ये एक हो । पर्सागढीको इतिहास हेर्ने हो भने यसलाई मुख्य युद्धस्थलको रूपमा प्रयोग गरी विक्रम संवत् १८७१ मा ब्रिटिश फौजलाई नेपाली फौज तथा स्थानीयवासीले परास्त गरेका थिए । यस्तो इतिहास बोकेको पर्सागढीमा रहेका ऐतिहासिक स्थलको संरक्षण जुन रूपमा गरिनुपर्ने हो, त्यो रूपमा भएको छैन ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले यसको विकास निर्माण, संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा ध्यान नदिएकै कारण ऐतिहासिक महŒवका यी स्थानहरू ओझेलमा परेको स्थानीय राजेश्वरप्रसाद यादव बताउँछन् । उनले यस ठाउँको विकास निर्माण गर्दै प्रचारप्रसारमा ध्यान दिने हो भने प्रदेशको आन्तरिक पर्यटनका साथै बाह्य पर्यटकलाई पनि आकर्षित पार्न सकिने बताए ।
ऐतिहासिक महŒवको पर्सागढी मन्दिरको जगेर्ना नगरिएकोले अहिले मन्दिरको जग्गा अतिक्रमणको शिकार भएको छ । केही व्यक्तिले मन्दिरको जग्गा अतिक्रमण गरेर आप्mनो निजी खेतको रूपमा उपभोग गर्दै आएका छन् ।
यसैगरी, यही नगरपालिकाको वडा नं १ र ३ मा रहेका शक्तिपीठहरू कोइलाभार र आमोदेवी मन्दिर संरक्षणको अभाव झेल्दै आएका छन् । राष्ट्रिय वन क्षेत्रभित्र रहेका यी मन्दिरलाई सिमसार क्षेत्रको रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिन्थ्यो ।
कोइलाभार मन्दिरको वरिपरि बेत घारी छ, त्यहाँ बेतको जराबाट निस्किएको पानी बा¥है महीना बग्ने गरेकोले यो क्षेत्र हरियाली एवं रमणीय स्थल बनेको स्थानीय दीपक चौधरी बताउँछन् ।
नगरपालिकाभित्रका यी तीनवटै क्षेत्रको विकास र प्रचारप्रसार गर्ने हो भने आगामी दिनमा पर्सागढी जिल्लाका अन्य पालिकाको तुलनामा आन्तरिक र बाह्य पर्यटकको लागि गन्तव्य बन्न सक्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्