तस्कर र प्रहरीबीच गोली हानाहान

0
44

प्रस, सेढवा, २९ असोज/
    ठोरी गाउँपालिकामा गएराति गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको समाचार छ ।
    ठोरी गापा–४ विजयबस्तीको बाटो हुँदै तस्करहरूको समूहले गाँजा ल्याएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साह नेतृत्वको प्रहरी टोलीमाथि गाँजा तस्करहरूले गोली फायरिङ गरेका थिए । तस्करहरूले एक राउन्ड फायर गरेको र जवाफमा प्रहरीले दुई राउन्ड फायर गरेको प्रनि साहले बताए ।
    प्रहरीले जवाफी फायर गर्दै चारजना गाँजा तस्करलाई पक्रन सफल भएको उनले बताए । पक्राउ पर्ने चारैजना गाँजा तस्करहरू ठोरी गापा–४ विशालचोकका कुमार लामा, सुनबहादुर लामा, बाबुराम लामा र अमन लामा छन् । तस्करबाट  १ नालको भरुवा बन्दुक १ थान, ४ राउन्ड गोली, बारुद्ध १०० ग्राम, खुकुरी १ थान बरामद भएको प्रनि साहले बताए । बरामद सामान र पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सा चलान गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्