कोरोनाबाट बचेर पर्व मनाउन आग्रह

0
85

प्रस, वीरगंज, २९ असोज/
    नेपाल ब्राह्मण समाज पर्सा शाखाको बिहीवार वीरगंज महानगर–१९ विन्ध्यवासिनी मन्दिरको धर्मशालामा शुभकामना समारोह सम्पन्न भएको छ ।
    दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी अगुवाहरूले चाडपर्व कोरोना सङ्क्रमणबाट जोगिएर मनाउन आग्रह गरे । उनीहरूले प्रशासनले गर्ने निर्णय पालना गर्दै सङ्क्रमण नफैलिने उपाय अवलम्बन गरेर चाडपर्व मनाउन आग्रह गरे ।
    नेपाल ब्राह्मण समाज पर्साका अध्यक्ष शम्भु मिश्रको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष देवनाथ उपाध्यायको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ललन द्विवेदी, रम्भा मिश्र, उमेश मिश्र, शिपु तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा पूर्वअध्यक्ष लक्ष्मीकान्त तिवारी, सुबोध पाण्डेय, नीरा झा, राजेश मिश्र, पुरुषोत्तम उपाध्यायलगायतको सहभागिता थियो ।
    कार्यक्रमको सहजीकरण बृजमोहन तिवारीले गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्