आधुनिक कृषिबारे अभिमुखीकरण

0
71

प्रस, पोखरिया, २९ असोज/
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन तरकारी जोन पर्साको आयोजनामा पोखरियामा अभिमुखीकरण कार्यक्रम भएको छ ।
    पोखरियामा आयोजित कार्यक्रमको नगरप्रमुख दीपनारायण रौनियारले उद्घाटन गर्दै किसानलाई नगरपालिकाले प्रोत्साहित गर्दै आएको दाबी गरे ।
उनले पोखरियामा परियोजना शुरू गरेकोमा धन्यवाद दिए । नगरप्रमुख रौनियारले किसानहरूले गर्दै आएका तरकारीखेतीलाई प्रोत्साहन गर्ने, बजारीकरणमा सघाउने र व्यावसायिकरूपमा तरकारीखेती गर्नेहरूलाई सघाउने प्रतिबद्धता जाहेर गरे ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन तरकारी जोन पर्साका प्रमुख रोशन अधिकारीले बहुदरमाई नगरपालिकाबाट सेवा विस्तार गर्दै पर्साको पोखरिया नपा, कालिकामाई र जगरनाथपुर गाउँपालिकाका किसानहरूलाई लक्षित गरेर कार्यक्रम शुरू भएको बताए ।
    कार्यक्रममा उपप्रमुख सलमा खातुन, वडाध्यक्षहरू र स्थानीय किसानहरूको सहभागिता थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्