१५ जना महिलासहित ८८ जनाद्वारा रक्तदान

0
31

प्रस, वीरगंज, २८ असोज/
पर्सा र बारामा गरी बुधवार दुई स्थानमा भएको रक्तदान कार्यक्रममा १५ जना महिलासहित ८८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।
वीरगंजको नारायणी वयोधा अस्पतालले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जना महिलासहित ७२ जनाले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले बताए ।
अस्पतालका सञ्चालक ऐमामुल हकको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रेणु देवी, सलमा अन्सारी, बृजकिशोर गुप्ता, प्रियङ्का शर्मा, डा सन्दीप, गायत्री देवी, श्याम चौधरी, जीतबहादुर गिरीलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, बाराको आदर्श कोतवाल गाउँपालिका–५ रूपौलियामा नीरज बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित १६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्