वीरगंजमा इन्जिनीयर्सको जिल्ला भेला सम्पन्न

103

प्रस, वीरगंज, २८ असोज/
नेशनल इन्जिनीयर्स एशोसिएशन नेपालको पर्सा जिल्ला समिति गठन भएको छ ।
वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित इन्जिनीयरहरूको भेलाले ई. कुन्दनकुमार पुरीको अध्यक्षतामा ७५ सदस्यीय पर्सा जिल्ला समिति गठन गरेको हो ।
गठित जिल्ला समितिको वरिष्ठ उपाध्यक्ष शुभम चौरसिया, उपाध्यक्षहरू उमेश यादव, मनोजप्रसाद चौरसिया, अनुपकुमार साह, उपेन्द्र चौरसिया र धर्मेश चौरसिया चयन भएका छन् । समितिको महासचिवमा प्रेमशङ्कर ठाकुरलाई चयन गरिएको छ भने पाँचजना सचिवहरूमा विनयकुमार चौरसिया, विकाशकुमार कुर्मी, रोशन महतो, किसनकुमार पटेल, रवि चौहान र सुमित कुशवाहालाई भेलाले चयन गरेको छ ।
त्यसैगरी, जिल्ला समितिको कोषाध्यक्षमा नौसाद अन्सारी र सहकोषाध्यक्षमा ई. नुर नवी हवारीले जिम्मेवारी पाएको इन्जिनीयर्स एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष प्रमोदकुमार यादवले जानकारी गराएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्