रौतहटमा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना

0
30

प्रस, रौतहट, २८ असोज/
जिल्ला प्रशासन कार्यालय रौतहटले चाडपर्वमा एकीकृत सुरक्षा योजनाको अवधारणा अपनाउँदै शान्ति सुरक्षा कायम गर्ने दाबी गरेको छ ।
कोरोनाको सङ्क्रमण यथावत् रहेको समयमा बडादशैं, तिहार र छठ पर्व नजिकिएकाले रौतहटमा आपराधिक गतिविधि हुन नदिन र शान्तिपूर्वक चाडपर्व मनाउन एकीकृत सुरक्षा योजना लागू गर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । मङ्गलवार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रजिअ यादवले नेपाल प्रहरीका ८५० र सशस्त्र प्रहरीका ३७८ जवान गरी १२२८ सुरक्षाकर्मीलाई जिल्लाभरि परिचालन गर्ने बताए ।
सुरक्षाकर्मीलाई चाडपर्व एकीकृत सुरक्षा योजनामा समावेश गरेर जिल्लाभरि परिचालन गर्ने, सोको कमान्ड पोस्ट जिल्ला प्रशासन कार्यालयमा आप्mनो मातहतमा रहने बताए । उनले यीबाहेक केही सुरक्षाकर्मी रिजर्भ फोर्सको रूपमा राखिने र आवश्यकता अनुसार परिचालन गरिने बताए ।
चाडपर्वको समयमा मोबाइल गस्ती, मापसे चेकजाँच, तस्करी नियन्त्रण, यात्री सुरक्षाको लागि राजमार्गमा गस्ती गर्ने योजना पनि कडाइका साथ गर्ने बताए । प्रजिअले सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरबाहिर निस्कन तथा चाडपर्व परिवारभित्र रहेर मनाउन आग्रह गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्