यमुनामाई गापाको बजेट पारित

0
35

प्रस, रौतहट, २८ असोज/
यमुनामाई गाउँपालिकाले करीब साढे ४१ करोड रुपैयाँको बजेट पारित गरेको छ ।
असार महीनामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको यमुनामाई गापाले चालू आवको लागि ४१ करोड २९ लाख ६५ हजार ४ सय ७२ रुपैयाँको बजेट पारित गरेको हो ।
विगतका केही आर्थिक वर्षमा भएको विवादझैं यस वर्ष पनि खुलासत्रमा विवाद भएर बन्दसत्र ढिलो भएपनि यस वर्ष सर्वसहमतिबाट बजेट पारित भएको छ ।
गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहमद शम्साद आलमले विगतको तुलनामा यस आवमा ढिलै बजेट पारित भएको बताए । तर ढिलो भएपनि सर्वसम्मतबाट बजेट पारित हुँदा खुशी लागेको उनले बताए ।
गापाले दलितहरूको उचित आवास व्यवस्थापनका लागि दलित आवास निर्माणका लागि अध्यक्ष श्रीप्रसाद मुखिया एवं उपाध्यक्ष गीतादेवी साहको विशेष पहलमा २ करोड २० लाख रकम विनियोजन गरेकोे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्