महिला हिंसाविरुद्ध जनचेतना कार्यक्रम

0
53

प्रस, वीरगंज, २८ असोज/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर–मुर्लीले महिला हिंसाविरुद्ध बुधवार जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयको परिपत्र अनुसार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र
श्रीपुर–मुर्ली पर्साले आज महिला हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको केन्द्रका सचिव दिलीप प्रधानले बताए ।
वीरगंज–११ त्रिमूर्ति हलमा रहेको कार्यालयमा आयोजित कार्यक्रम केन्द्रकी उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षता
र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कौशलकुमार बर्तौलाको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्वअध्यक्ष पशुपति विक्रम शाह, सचिव जुम्माद्दीन शेष हवारी, समाजसेवी उषा शाह, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझी, सदस्य हीरा गिरीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य जगत राईले गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्